दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

उज्यालो प्रतिनिधि २३ माघ २०८२, बिहीबार समाचार

वीरगञ्ज (पर्सा),चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।

ती सवारी साधनको आयातबाट रु चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा रु तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा रु ४५ करोड ८१ लाख बराबरका चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा रु २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।

यसैगरी, चालु आवको पहिलो छ महिनामा रु ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा रु ३० करोड ९६ लाख बराबरका दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार