भारतलाई सानो चित्त नबनाउन परराष्ट्रमन्त्रीको आग्रह

२१ कार्तिक २०७६, बिहीबार १२:५५ मा प्रकाशित
उज्यालो संवाददाता

 

बैतडी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकी भारतलाई सानो चित्त नबनाउन आग्रह गरेका छन् ।

बिहीबार बैतडीको पञ्चेश्वर गाउँपालिकाले आयोजना गरेको वृहत राष्ट्र निर्माण महामहोत्सव २०७६ को उद्घाटन गर्न कालापानी नेपालको भूमि भएको स्पष्ट पार्दै मन्त्री ज्ञवालीले यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘भारतले सानो चित्त नबनाए नै हाम्रो मित्रता बलियो हुन्छ ।’

‘दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउन कुटनीतिक छलफलबाट समस्याको समाधान गरौं,’ उनले भने, ‘विश्वका सबै देशहरुसँग मित्रता गाँसेर नेपाल सम्वृद्धिको दिशामा अघि बढिरहेको छ । नेपाल विकसित राष्ट्र भयो भने भारतलाई समेत फाईदा हुन्छ । सीमा विवादमा झल्झिनु भनेको विकासलाई अवरोध गर्नु हो ।’

उक्त अवसरमा मन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजनाको स्थालगत निरीक्षण समेत गरेका थिए । मन्त्री ज्ञवालीले महाकाली सन्धी अनुसार महाकालीको पानी समेत दुबै देशको आधाआधा भएको समेत जिकिर गरे ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार