विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

उज्यालो प्रतिनिधि ८ माघ २०८२, बुधबार किताव

काठमाडौँ, पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, सङ्घर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसङ्ग्रह ‘घाटगाउँ’ मङ्गलबार विमोचन भएको हो ।

काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरे । सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिनुभएका उनले अध्ययन तथा सङ्घर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेखे ।

पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त पुस्तकमा उहाँले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको सङ्घर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिँदाका आफ्ना चुनौतीपूर्ण भोगाइ समेट्नुभएको छ ।

पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्ने विष्णुले जानकारी दिए । “सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यर्थाथ, सपना र सङ्घर्ष इमान्दारीपूर्वक पुस्तकमा लेखेको छु”, उनले भने , “सपनालाई माया गर्ने हरकोहीलाई यो पुस्तकको भोगाइ आफ्नै जस्तो लाग्नेछ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार