गीतसङ्गीतमाफत ‘रमिताको पिरती’ प्रवर्द्धन गरिने

काठमाडौँ, आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘रमिताको पिरती’लाई गीतसङ्गीतको माध्यमले नवपुस्ताका गायकले प्रवर्द्धन गर्ने भएका छन् ।

युवापुस्तामाझ लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेल, गायक तथा सङ्गीतकार सुशान्त केसी, महेश काफ्ले र समीर श्रेष्ठले देशभर साङ्गीतिक कार्यक्रम गर्दै चलचित्रको बारेमा जानकारी गराउनुहुने निर्देशक सुदिप्ताले जानकारी दिए । गायक श्रेष्ठले यस चलचित्रमा अभिनय नै गरेका छन् भने अन्य गायकले पाश्र्व गायकका रूपमा जोडिनुभएको निर्देशक सुदिप्ताले बताए ।

उनले भने, “मैले युवापुस्ताको कथामा चलचित्र तयार गरेको पनि गीतसङ्गीतमा पनि नयाँपन दिन खोजेकी छु । हामीले चलचित्रको गीतसँग जोडिनुभएका युवापुस्तामाझ लोकप्रिय गायकलाई लिएर नेपाल भ्रमण गर्दैछौँ । हामीले साङ्गीतिक माहोलमार्फत आफ्नो चलचित्रको बारेमा जानकारी गराउने कोसिस गरेका छौँ ।”

उनका अनुसार गएको माघ १ मा बुटवलमा साङ्गीतिक कार्यक्रम भइसकेको छ भने विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौँमा पनि हुनेछ । उनले चलचित्रमा एक युवतीको प्रेम सम्बन्ध अन्त्य भएपछि उसको जीवनीमा आउने उतारचढाव देखाइएको छ ।

“यो ‘ब्रेकअप स्टोरी’मा तयार भएको चलचित्र हो । हामीले नियमित बनिरहेका भन्दा केही फरक गर्ने कोसिस गरेका छौँ”, निर्देशक सुदिप्ताले भने । गायक तथा र्यापर कुशल पोखरेल नयाँ समूहको सक्रियता देखेर सहकार्य गर्न तयार भएको बताए । उनले चलचित्रका लागि गीत तयार गर्नुका साथै साङ्गीतिक कार्यक्रममा समेत सहभागिता जनाउने छन् ।

“म नेपाल भ्रमणमा जोडिएको छु, आफ्नो गीतलाई प्रत्यक्ष सुनाउन पाउँदा खुसी नै लाग्छ । यो चलचित्र बनाउने समूह नै छुटै ऊर्जा भएका छन्, त्यसैले हामीले सहकार्य गरेका हौँ । राम्रो काम भएको जस्तो लाग्छ, नियमित चलचित्र भवन नपुग्ने वर्गलाई यो चलचित्रले आकर्षित गर्छ जस्तो लागेको छ”, गायक पोखरेलले भने ।

उक्त चलचित्रमा आना शर्मा, समीर श्रेष्ठ, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायत कलाकारको अभिनय गरेका छन् । यसै चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेको गायक श्रेष्ठले कलाकारितामा इच्छा भएकाले नै अभिनयमा आफू आएको गायक श्रेष्ठले बताए ।

उनले भने, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेको थिइनँ । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भनेजस्तो भएपछि किन पर्खिने भनेर अभिनययात्रा प्रारम्भ गरेको हुँ ।”

श्रेष्ठले अभिनेता बने पनि गायनलाई नछाड्ने बताए । उक्त चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पारेका हुन् भने शिशिर विशङखेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गरेका छन् । चलचित्रमा सहनिर्माताको रूपमा निर्देशकसमेत रहेका सुवास कोइराला हुनहुन्छ भने निर्माण सागर लम्सालले गरेका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार