बङ्गलादेशको आवासीय भवनमा आगलागी, छ जनाको मृत्यु, १३ घाइते

उज्यालो प्रतिनिधि ३ माघ २०८२, शुक्रबार विश्व

बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ ।

“फायर सर्भिस” र “सिभिल डिफेन्स कन्ट्रोल रुम ” का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उदृत गर्दै छ तले आवासिय भवनको पहिलो तलामा स्थानीय समय अनुसार विहान ७ः५४ मा आगलागी भएको सिन्ह्वाले जनाएको छ ।

अग्नि नियन्त्रकहरुको सक्रियतामा करिब विहान १० वजे आगो नियन्त्रणमा लिए पछि तीन जनाको शवको बरामद गरिएको जनाइएको छ ।

ढाकाको प्रहरीका ड्युटी अफिसर नजमुल शकिबले आगलागिका कारण घाइते भएकाहरुलाई उपचारको लागि अस्पतालमा लगेपछि अन्य तिन जनाको मृत्यु भए पछि मृतकको सङ्ख्या छ पुगेको बताएका छन् ।

उनीहरूबाहेक अन्य १३ जना घाइते मध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएको छ , भने आगलागीको कारण अझै अज्ञात छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार