कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय

उज्यालो प्रतिनिधि ३ माघ २०८२, शुक्रबार समाचार
तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिन्छन् । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उनको दैनिकी बनेको छ ।
नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला पन्त भने दुग्ध व्यवसायमा जम्नुभएको छ । रिडीमा ‘गौरव दूध डेरी’ बाट व्यवसाय सञ्चालन गरेका उनले दूध सङ्कलन, दूधबाट बन्ने परिकार छुर्पी, पनिर, दही, कुराउनी, छुर्पी, घ्यूलगायतका परिकार बनाएर बिक्री गर्दै ।
उनको डेरीमा दैनिक औषतमा एक हजार १०० लिटर दूध जम्मा हुन्छ । त्यसमा ८० प्रतिशत दूध छत्रकोट गाउँपालिकाबाट आउने गर्दछ भने बाँकी दूध सत्यवती र तानसेनबाट आउने गर्दछ । उनले गाई र भैँसीको दूध सङ्कलन गर्छन । दूध खरिद गरेबापत उनले दैनिक रु ७५ देखि ८० हजारअर्थात् मासिक रु २१ लाख किसानलाई भुक्तानी दिन्छन् । दूधको गुणस्तरअनुसार किसानलाई रकम प्रदान गर्ने पन्त बताउछन् ।
किसानबाट सङ्कलन गरिएको दूध उनले स्थानीय बजारका साथै पाल्पा, बागलुङ, स्याङ्जा र बुटबलसम्म पनि बिक्री गर्छन् । बाँकी रहेको दूधलाई दही, पनिर, छुर्पीलगायतका परिकार बनाएर सदुपयोग गर्छन् । गत वर्ष बुटबलको दुग्ध विकास संस्थानलाई ८४ हजार लिटर दूध बिक्री गरेका थिए । संस्थानले विभिन्न परिकार बनाउनको लागि दूध खरिद गर्दछ ।
दूधपछि बढी मात्रामा दही बिक्री हुन्छ । रिडीमा शव दाहासंस्कारका लागि धेरै मानिस आउने भएकाले पनि दहीको खपत बढी हुने पन्तको भनाइ छ । फुटकर रु १४० मा दही बिक्री भइरहेको छ । गर्मीयाममा दैनिक २५० लिटरसम्म दही बिक्री हुने गरेको छ । उनले वार्षिक चार हजार लिटर घ्यू पनि उत्पादन गरी बिक्री गर्दै आएका छन् । प्रतिलिटर रु एक हजार ३०० मा स्थानीय बजारका साथसाथै बुटबल र काठमाडौँसम्म उनले उत्पादन गरेको घ्यू पुग्ने गरेको छ । पन्तले प्रतिकिलो रु एक हजारमा कुराउनी बिक्री गरिरहेका छन् ।
दसैँ, तिहार जस्ता चाडपर्व एवं पाहुनाले कोसेलीका रुपमा कुराउनी लैजाने गरेका छन् । गत दुई वर्षदेखि उनले छुर्पी उत्पादन गर्दै आएका छन् । फुटकरमा रु एक हजार ३०० र थोकमा प्रतिकिलो रु एक हजारमा छुर्पी बिक्री हुँदै आएको छ । स्थानीय बजारका साथसाथै पाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने छुर्पी यो वर्ष १५ क्विन्टल उत्पादन गर्ने लक्ष्य लिएको पन्त बताउछन् ।
उनि वैदेशिक रोजगारीका लागि सन् २००९ देखि १४ सम्म गरी छ वर्ष कोरिया बस्नुभयो । कोरियामा उनले समुद्रमा माछा मार्ने काम गर्थ्यो । उनको आम्दानी पनि मासिक रु तीन लाख जति हुन्थ्यो । कोरियामा काम गर्दा उनले मिर्मिको जलविद्युत् ड्याममा माछा पाल्ने सोच बनाए । तर नेपाल फर्केपछि सोच बदल्नुभयो ।
रिडी नेपालको चार धाममध्येको एक रहेको र धार्मिक पर्यटक बढी आउने भएकाले उनले दूध डेरी सञ्चालन गर्ने निर्णय गरे । कोरिया जानुभन्दा अगाडि उनले काठमाडौँमा नौ वर्ष चमेनागृह तथा होटल सञ्चालन गरेका थिए । तर त्यसबाट सन्तुष्ट नभएपछि उनि कोरिया गएका थिए । “अहिले आफ्नै ठाउँमा सन्तुष्ट हुनेगरी व्यवसाय गरेको छु”, रविले भने, “विदेशमा पैसा कमाएर पनि आफ्नो स्वाभिमान हुँदैन, तर स्वदेशमा थोरै पैसा कमाए पनि स्वाभिमान हुन्छ ।” उनले कोरियमा कमाएको पैसा सही ठाउँमा लगानी लगाएको बताए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार