सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

उज्यालो प्रतिनिधि २५ पुष २०८२, शुक्रबार समाचार

धरान (सुनसरी), सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार आज दिउँसो बराहक्षेत्र-३ का ७२ वर्षीया मैया विक घाँस काट्न जङ्गलमा जाने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् ।

त्यस्तै, आजै दिउँसो बराहक्षेत्र-३ का ३४ वर्षीया पूजन विक जङ्गलबाट घाँस काटेर फर्किने क्रममा हात्तीको आक्रमणमा परी गम्भीर घाइने भएको उनले जानकारी दिए । पूजनलाई नडाहा–धरान रोडमा हात्तीले आक्रमण गरेको बताउँदै उनको निधार, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरी प्रमुख थेबेले उल्लेख गरे ।

प्रहरी प्रमुख थेबेका अनुसार घाइते दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा खटिएको टोलीले उद्धार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याएसँगै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार हात्ती अझै बराहक्षेत्र-३, कालिन्द्र सामुदायिक वन क्षेत्रमा रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनले स्थानीयलाई हात्तीबाट सुरक्षा अपनाउन सचेत गराउने तथा घटनास्थलमा सतर्कता कायम गर्न आग्रह गरेको छ । गए राति करिब ११ः४५ बजे धरान-१९ स्थित हरियाली सामुदायिक वनमा जङ्गली हात्ती देखापरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार