स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री

उज्यालो प्रतिनिधि २५ पुष २०८२, शुक्रबार समाचार

काठमाडौँ,स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज यहाँ आयोजित स्वास्थ्य बिमा सुधार कार्यक्रममा उनले स्वास्थ्य बिमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी दिगो बनाउने भन्नेमा सरकारले चिन्तन गरिरहेको बताउँदै स्वास्थ्य बिमा कार्यक्रमका कमीकमजोरीलाई विश्लेषण गर्न विज्ञ तथा सरोकारवालासँग निरन्तर छलफल गरेको जानकारी दिए ।

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा रघुराज काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सामाजिक सुरक्षाको महत्त्वपूर्ण पाटो भएको र नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको स्पष्ट पारे । डा काफ्लेले स्वास्थ्य बिमा कार्यक्रमका लागि पर्याप्त बजेट, दीर्घकालीन प्रतिबद्धता र स्पष्ट नीतिमा बहस आवश्यक रहेकामा जोड दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार