प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

उज्यालो प्रतिनिधि २५ पुष २०८२, शुक्रबार खेल

बैतडी,प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो ।

जिल्ला छनोट प्रतियोगितामा कम्तीमा चार टिम समावेश गरी एक टिमले तीन खेल खेल्नु पर्ने, प्रतियोगिता ५० ओभरको खेलाउनु पर्ने, सहभागी खेलाडीहरुले अनिवार्य रुपमा दर्ता फाराम भरी फोटोसमेत टाँस्नुपर्ने जनाइएको छ ।

त्यसैगरी छनोट खेलहरुको अनलाइन स्कोर https://cricclubs.com/nepalमा अनिवार्य रुपमा राख्नुपर्ने, प्रतियोगीताको खेल तालिका, सहभागी खेलाडीहरुसहित टिमको नामावली, म्याच रिपोर्ट, स्कोर सिट, प्रतियोगिताका तस्बीरहरुसहित प्रतियोगिता सम्पन्न भएको प्रतिवेदन नेपाल क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघमा उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक आठ जिल्ला नेपाल क्रिकेट संघमा आवद्ध छन् । जिल्ला छनोटपछि प्रदेशस्तरीय प्रतियोगिता हुनेछ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन गरिँदै आएको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष आगामी चैत्र १४ देखि बैशाख ५ गते सम्म सञ्चालन गर्ने तयारी छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार