‘विश्व म्याराथन च्यालेञ्ज’मा दौडिँदै जोशी

उज्यालो प्रतिनिधि २४ पुष २०८२, बिहीबार खेल
काठमाडौँ, सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘विश्व म्याराथन च्यालेञ्ज’मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् ।
अन्टार्कटिकाबाट सुरु भएर अमेरिकाको मियामीमा सम्पन्न हुने उक्त म्याराथनमा सहभागी हुने जोशी नेपाली मूलका एक्लो खेलाडी हुन् । ‘वल्र्ड म्याराथन च्यालेञ्ज’ आगामी माघ १७ देखि २३ गतेसम्म चल्ने छ । उनी ४२ दशमलव १९ किमी दूरी रहने म्याराथनका सात सिरिजमा २९४ किमी दूरी सात दिनमा दौडिने छन् । जोशी नेपाली पोसाक दौरा सुरुवालमा नेपाल र अमेरिकाको झन्डा बोकेर दौडिने बताइएको छ ।
‘वल्र्ड म्याराथन च्यालेञ्ज’ सन् २०१५ देखि सुरु भएको हो । उक्त म्याराथनमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्युजिल्यान्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ धावक सहभागी हुने बताइएको छ । जोशी सन् २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिँदै आएका  छन् । सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा बस्दैआएका छन् । उनी यसअघि विश्वका दुई दर्जनभन्दा बढी म्याराथन प्रतियोगितामा सहभागी भइसकेका छन् ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार