पुस २७ गतेदेखि ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप’ फुटबल प्रतियोगिता

उज्यालो प्रतिनिधि ११ पुष २०८२, शुक्रबार खेल

झापा, झापामा यही पुस २७ र २८ गते ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुने प्रतियोगिता काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

दुई देशबीचको आपसीसम्बन्ध स्थापित तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका आठ वटा मिडिया टिमको सहभागिता रहनेछ । प्रतियोगिताका बिजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पौडेलले बताए ।

नकआउटको आधारमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेल फिफाको नियम अनुसार खेलाइने र खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलगायतलाई विषयगत विधामा नगदसहित पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु दुई लाख खर्च अनुमान गरिएको छ । त्यसका लागि स्थानीय सरकार, सङ्घसंस्था तथा उद्योगी व्यवसायी समक्ष सहयोगका निम्ति आह्वान गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार