कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै

उज्यालो प्रतिनिधि ८ पुष २०८२, मंगलवार खेल

लुम्बिनी, भारतमा हुने अन्तरराष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय कराते टिम त्यसतर्फ जाने भएको छ । जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालको नेतृत्वमा नेपाली टिम भारत जान लागेको हो ।

सङ्घले आज भैरहवामा पत्रकार सम्मलेन गरी भारतको महाराष्ट्रस्थित पुणेमा यही पुस १४ र १५ १७ औँ अन्तरराष्ट्रिय खुला कराते च्याम्पियनसिप–२०२५ मा सहभागि हुन नेपाली खेलाडीहरूको टोली त्यसतर्फ जान लागेको जानकारी गराइयो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भुटान गरी पाँच राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपाली टिमको नेतृत्व गर्दै प्रमुख प्रशिक्षक काजी रानासहित भारत जान लाग्नुभएको छ । नेपाली टिममा २२ कराते खेलाडी, प्रशिक्षक र अफिसियल छ जना गरी २८ जना सहभागी हुनेछन् । सङ्घका सचिव गिरीप्रसाद पुनले विगतका वर्षहरूमा जस्तै यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रशिक्षक तथा सङ्घका संस्थापक काजी रानाले प्रशिक्षण अनुशासन, शिक्षा खेल कौशल हेरेर खेलाडी छनोट गरिएकाले च्याम्पियन बन्ने विश्वास व्यक्त गरे । सङ्घका लुम्बिनी प्रदेश सल्लाहकार भरतबहादुर केसीले कुनै तहका सरकारले पनि सहयोग नगरेको तर राम्रो प्रशिक्षण लिएको र लगनशील भएकाले उपाधि जित्ने विश्वास गरे ।

प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरू लुम्बिनी प्रदेशका जिल्लाहरूका छन् । सङ्घका अनुसार भारतमा नेपाली खेलाडीले उमेर र तौल समूहमा स्पर्धा गर्नेछन् । नेपाली टिम यसअघि २०१७, २०२१ र २०२३ मा च्याम्पियन बनेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार