काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले युवाले अब देशको नेतृत्व गर्ने बेला अएको बताएका छन् ।
सहिद स्मृति स्पोर्टस एकेडेमीले आयोजना गरेको अन्तर कलेज स्तरीय फुटसल टुर्नामेन्टस् उदघाटनमा बोल्दै पुनले यस्तो बताएका हुुन् ।
जेनजी आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेको बताउँदै उनले भने, ‘युवाहरुले आफूूभन्दा अग्रजहरुलाई सम्मान गर्दै, उहाँहरुको अनुुभवलाई लिएर आफूूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको छ ।’
नेपाली कम्युनिष्ट पार्टीले पचास प्रतिशत युवाहरु आगामी निर्वाचनमा उतार्ने नेता पुनको भनाई छ । ‘पचास प्रतिशतभन्दा बढी युवाहरु हाम्रो पार्टीको तर्फबाट प्रतिष्पर्धामा जाओस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ ।’ उनले भने, ‘बढीभन्दा बढी युवाहरु आगामी निर्वाचनमा प्रतिष्पर्धामा आओस् र नेतृत्वमा पनि आउनुपर्छ भन्ने हाम्रो चाहना छ ।’






