तामाङ कलाकार संघको १८औं वार्षिक साधारणसभाको तयारी पूरा

उज्यालो प्रतिनिधि १७ भाद्र २०८२, मंगलवार कला/साहित्य

काठमाडौं। तामाङ कलाकारहरूको छाता संगठन नेपाल तामाङ कलाकार संघले आगामी २०८२ भाद्र २१ गते (शनिबार) राजधानीमा भव्य रूपमा १८औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन आयोजना गर्ने भएको छ। कार्यक्रम राजधानीको रोयल तिनचुली ब्याङ्क्वेट, तिनचुली चोक, बौद्धमा बिहान ११ बजे सुरु हुने संघले जनाएको छ।

“सम्पूर्ण तामाङ कलाकारहरूको एकता, तामाङ कला, संस्कृतिको संरक्षण, विकास तथा प्रवर्द्धन हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ हुने यस अधिवेशनमा संघका पदाधिकारी, वरिष्ठ कलाकार, युवा प्रतिभा, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

नेपाल तामाङ कलाकार संघले स्थापना कालदेखि नै तमाङ समुदायको कला, संस्कृति, भाषा र परम्पराको संरक्षण, प्रवर्द्धन र विकासका लागि सक्रिय रूपमा काम गर्दै आएको छ। संघले विशेषगरी चलचित्र, संगीत, नृत्य, नाटक, चित्रकला र साहित्य क्षेत्रमा सक्रिय कलाकारहरूलाई एक ठाउँमा ल्याउँदै उनीहरूको अधिकार, अवसर र हितका लागि काम गर्दै आएको छ।

यस अधिवेशनमा विगत एक वर्षको संघका गतिविधि, उपलब्धि, समस्या र आगामी योजनाहरूको समीक्षा मात्र नभई, तमाङ कलाकारहरूको पेशागत अधिकार, कला क्षेत्रको विकास र संस्कृति संरक्षणका चुनौतीबारे विशेष छलफल गरिनेछ। साथै, विशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ, जसमा चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

नेपाल तमाङ कलाकार संघको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको छ। संघले सम्पूर्ण कलाकार, पत्रकार, सरोकारवाला निकाय तथा तमाङ समुदायलाई कार्यक्रममा सहभागी भई अधिवेशनलाई सफल पार्न हार्दिक निमन्त्रणा गरेको छ।
Anish

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार