दुई महिनामामै गरियो डिएसपी चन्दको काज फिर्ता, तस्करी नियन्त्रणमा थियो प्रभावकारी भूमिका

उज्यालो प्रतिनिधि १६ भाद्र २०८२, सोमबार उज्यालो फोकस

धनगढी । सशस्त्र प्रहरी बल कैलालीमा कार्यरत प्रहरी नायब उपरीक्षक डिएसपी नवीन चन्दको अवधि नपुग्दै काज फिर्ता गरिएको छ । कैलालीको कैलारी गाउँपालिका–३ मा रहेको खोनपुर नाकामा कार्यरत रहेका चन्दको अवधि नपुग्दै काज फिर्ता  गरिएको हो । सीमा नाकामा हुने अवैध तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका चन्दलाई अचानक गरिएको काज फिर्ताले ससंका उत्पन्न गरेको छ ।

पोखरामा रहेको हुल तथा दङ्गा व्यवस्थापन तालिम केन्द्रमा दरबन्दी रहेका चन्दलाई खोनपुर नाकाको जिम्मेवारी सम्हालेको दुई महिनामै काज फिर्ता गरेको हो । नाकामा शान्ति सुरक्षा र अवैध तस्करी नियन्त्रणमा प्रभावकारी भूमिकामा रहेका चन्दको एक्कासि काज फिर्ता हुँदा स्थानीय नागरिकहरूले समेत सशस्त्र प्रहरी बलको माथिल्लो निकायको भूमिका प्रति आशङ्का ब्याक्त गरेका छन् ।

डिएसपी चन्दले खोनपुरमा कमान्ड सम्हालेको छोटो अवधिमै तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै उल्लेखनीय परिणाम देखाएका थिए । उनले कमान्ड सम्हालेको  २ महिनामा  सो नाका हुँदै भित्रिने करिब १४ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेका थिए ।

सो नाका बाट दैनिक रूपमा हुने अवैध तस्करी रोक्न उनले महत्त्व पूर्ण भूमिका खेल्दै आएका र नाकाबाट हुने कुखुराको अवैध तस्करी नियन्त्रण देखि लिएर दैनिक प्रयोगमा आउने अन्य थुप्रै अवैध सामान समेत नियन्त्रण गर्दै आएका डिएसपी चन्दको काजफिर्ता ले सम्पुर्ण पलिका बासीलाई समेत निराश बनाएको कैलारी गाउपलिका का अध्यक्ष राम समझ चौधरीले बताए । उनका अनुसार डिएसपी चन्द आइसकेपछि भारतीय सीमाबाट हुँदै आउने अवैध गतिविधिमा समेत कमी आएको उनको भनाई छ ।सुरक्षा पक्ष मजबुत बनाउन, सीमावर्ती इलाकामा हुने गतिविधि नियन्त्रण गर्न र अपराध निवारणमा देखाएको तत्परताका कारण चन्द स्थानीयवासी बिच लोकप्रिय बन्दै गएको समेत अध्यक्ष चौधरीले बताए । छोटो अवधिमै डिएसपी चन्दले जुन किसिमको परिणाम देखाउनुभयो, त्यसले प्रहरी प्रतिको विश्वास बढेको अध्यक्षले बताए ।

दुई महिना मै उक्त क्षेत्रमा सकारात्मक छाप निर्माण गर्न सफल अधिकृतलाई अवधि नपुग्दै काज फिर्ता गरिएको खबर सार्वजनिक भएपछि सिङ्गो पालिका बासी मात्र होइन, सशस्त्र प्रहरी भित्रकै कर्मचारी आश्चर्य चकित भएका छन् ।  काजको कारणबारे आधिकारिक धारणा सार्वजनिक नभई इमान्दार अधिकृतलाई हतोत्साहित गर्ने कार्यले जनतामा निराशा छाएको स्थानीयको बुझाइ रहेको छ ।

सुरक्षामा राम्रो नतिजा दिँदै आएका अधिकृतलाई अचानक सरुवा गर्नु नैतिक र व्यावसायिक दृष्टिले उचित हो वा होइन भन्ने प्रश्न उठिरहेको छ । स्थानीयवासी भन्छन्, “देशभक्त र इमान्दार अधिकारीलाई सम्मान गर्नु पर्ने बेला उल्टै काज फिर्ता गर्नुले सशस्त्र प्रहरीको नेतृत्व प्रति गम्भीर प्रश्न खडा गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार