पाल्पामा सुत्केरी गाउँपालिका घोषणा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ कार्तिक २०७६, शुक्रबार फोटो समाचार

पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिकालाई प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । बिहीबार प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले औपचारिकरूपमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरे ।

मन्त्री बरालले पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाको प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालाई हस्तान्तरण गर्दै प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका गराउन सफल भएकोमा गाउँपालिकालाई धन्यवाद दिए ।

गाउँपालिकाभित्र गत आर्थिक वर्षमा ३१० सुत्केरी भएकामा पूर्वखोलाका विभिन्न स्वास्थ्य संस्थाबाट १६९ र अन्य स्वास्थ्य संस्थाबाट १४१ रहेको स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए । वडा नं १ मा ८५, वडा नं २ मा ४५, वडा नं ३ मा ४५, वडा नं ४ मा ४०, वडा नं ५ मा ५७ र ६ मा ३८ जना गएको आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी भएको पाइएको छ ।

गत वैशाख २३ गते वडा नं ५ वीरकोटबाट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा शुरु गरेको गाउँपालिकाले भदौ ३ गते वडा नं ३ रिङनेरह, भदौ २४ गते वडा नं ६ को हेक्लाङ, असोज ११ गते वडा नं २ जल्पा र असोज १५ गते वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार