आज प्रधानमन्त्री अजरबैजान प्रस्थान

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ कार्तिक २०७६, बिहीबार फोटो समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सो सम्मेलनमा ‘बाङडुङ सिद्धान्तलाई आत्मसात गर्दै वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतिको प्रतिक्रिया दिने’ विषयमा सम्बोधन गर्नेछन् । सो सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली यसअघि नै बाकु पुगिसकेका छन् ।

आगामी शुक्रबार र शनिबार बाकुमा हुने सो सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

त्यस अवसरमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवास नेम्वाङ, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल तथा नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार