किबीका बोटले फल नदिएपछि किसान चिन्तित

उज्यालो प्रतिनिधि २१ श्रावण २०८२, मंगलवार फोटो समाचार
दिपायल (डोटी), यहाँका किसानले किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले गलाइएका किबीका बोटले फल नदिएपछि चिन्तित भएका छन् । करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फ नलागेपछि किसान चिन्तित भएका हुन् ।
बडिकेदार गाउँपालिका-४ रनुकाँडाका लक्ष्मण ताडीले चार वर्षअघि करिब पाँच रोपनी क्षेत्रफलमा किबीखेती सुरु गरेका थिए । अहिले फल नदिँदा मेहनत र लगानी दुवै गुम्ने अवस्थामा पुगेको उनले गुनासो गरे ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा उदयसिंह कृषि तथा बहुउद्देश्य फार्म स्थापना गरेर किबीखेतीसति अन्य तरकारीखेती गरिरहेको चार वर्ष भएको जनाउँदै उनले किबीमा तीन÷चार वर्ष लगातार लगानी गरिए पनि उत्पादन हुने समयमा समस्या देखिएको बताए ।
“किबी अरु फलभन्दा फरक हुन्छ । यसमा भाले र पोथी हुने भएकाले कम्तीमा पाँच वटा बोट लगाउँदा एउटा बोट भाले लगाउनुपर्ने हुन्छ । भालेबोट नभएका कारण यस्तो समस्या देखिएको हो । यसलाई ‘टपवर्किङ’का माध्यमबाट समस्या समाधान गर्न सकिन्छ”, केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले भने ।
उनका अनुसार जिल्लामा एक हजारभन्दा बढी किबीका बोट लगाइएका छन् । खेती गर्नेको सङ्ख्या कम भए पनि पछिल्लो समय किबीखेतीतर्फ आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार