अशिम लोप्चन ,स्पेन । नेकपा माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च स्पेनको केन्द्रीय समिति बैठकले संगठनलाई थप सशक्त र सुदृढ बनाउने उद्देश्यका साथ ११ जना नयाँ व्यक्तिहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। यस मनोनयनले प्रवासमा मञ्चको गतिविधि विस्तार र नेपाली समुदायका मुद्दाहरूलाई थप प्रभावकारी रूपमा उठाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
स्पेनस्थित जनप्रगतिशील मञ्चका अध्यक्ष विशाल ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा जनप्रगतिशील मञ्च युरोपका उपाध्यक्ष गंगा भुषाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने युरोप कमिटीका सचिव अर्जुन आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा मञ्चका विभिन्न नेताहरू तथा सदस्यहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेका व्यक्तिहरू निम्न छन्:
सचिन नेपाल
सुर्य बहादुर श्रेष्ठ
तेजेन्द्र मैनाली
टी.पी. पराजुली
सुर्य प्रसाद पौडेल
शिव विश्वकर्मा
कृष्ण पुन
प्रेम किसन
राम प्रसाद ढकाल
अनन्त तिखत्री
उत्तम गुरुङ
कार्यक्रमको सञ्चालन जनप्रगतिशील मञ्च स्पेनका महासचिव सुर्य प्रसाद सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि गंगा भुषालले देशको समसामयिक राजनीतिक अवस्था, प्रवासमा नेपालीहरूले भोगिरहेका विभिन्न समस्या तथा चुनौतीका विषयमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो। उहाँले नव-मनोनित केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सक्रिय भूमिकाले संगठनलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो।
आयोजकका अनुसार, कार्यक्रम सफल र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ, जसले प्रवासमा रहेका माओवादी केन्द्र निकट नेपालीहरूको संगठनिक सक्रियतालाई उजागर गरेको छ।












