अष्ट्रेलिया । गैर–आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) २०२५–२०२७ कार्यकालको निर्वाचन नजिकिँदै गर्दा युवा उपसंयोजक पदका लागि युवा उप–संयोजक (Youth Deputy Coordinator) पदमा ‘दुई बलिया र अनुभवी अनुहार’ बीच ‘कडा प्रतिस्पर्धा’ हुने देखिएको छ । अष्ट्रेलियामा विभिन्न आपतकालीन अवस्थामा ‘अग्रपङ्तिमा’ रहेर सेवा पुर्याएका ‘नेशनल इमर्जेन्सी मेडल’ विजेता सम्राट कँडेल र कलाकार शशांक बस्याल र यस पदका लागि मैदानमा उत्रिएका छन्। आगामी जुलाई २६ मा हुन गइरहेको निर्वाचनमा यी दुई उम्मेदवारको ‘भिजन’ र ‘योग्यता’ लाई चासोका साथ हेरिएको छ।
सम्राट कँडेल: ‘संकटमोचक’ देखि ‘युवा सशक्तिकरण’ को नेतृत्वसम्म!
राज गुरुङको नेतृत्वमा रहेको टिमबाट उम्मेदवार बनेका सम्राट कँडेल लामो समयदेखि अष्ट्रेलियाको नेपाली समुदाय र अष्ट्रेलियन समाजमा ‘सक्रिय’ रहेर सेवा गरिरहेका छन्। उनले राष्ट्रिय आपतकालीन सेवा, द्रुत उद्धार तथा पुनःस्थापना कार्यहरूमा ‘उल्लेखनीय योगदान’ दिएका छन्, जसले उनको ‘समर्पित भावना’ र ‘नेतृत्व क्षमता’ लाई प्रमाणित गर्छ। कँडेलको उम्मेदवारीले एनआरएनएको युवा परिचालन र सशक्तिकरणमा ‘नयाँ आयाम’ थप्ने विश्वास गरिएको छ।
सम्राट कँडेलको योगदानका केही मुख्य पक्षहरू जसले उनलाई ‘विशेष’ बनाउँछ:
अष्ट्रेलियन सरकारबाट “National Emergency Medal” प्राप्त: क्वीन्सल्याण्ड र न्यू साउथ वेल्सको ‘भयावह’ बाढीमा पुर्याएको ‘अग्रगामी सेवा’ को कदरस्वरूप।
NSW Premier बाट सम्मान: ‘महा-डढेलो’ को समयमा राहत वितरण र स्वयंसेवामा ‘अग्रसर भूमिका’ का लागि । Red Cross Australia बाट सेवा सम्मान: मानवीय सेवामा उनको ‘दीर्घकालीन र निरन्तर’ योगदानको लागि ।
Country Women Australia NSW र रेडक्रससँग सहकार्य: खडेरी प्रभावित क्षेत्रहरूमा राहत सहयोग पुर्याउन ‘अर्थपूर्ण’ काम।
बहुसांस्कृतिक युवासँग कार्यगत संलग्नता: समावेशी कार्यक्रम र ‘सांस्कृतिक विविधता’ को प्रवर्द्धनमा ‘सक्रिय भूमिका’।
कँडेलका ‘भविष्यमुखी’ कार्यदिशा:
यथार्थमा आधारित सशक्तिकरण: सीप विकास, आत्मविश्वास, र नेतृत्वको अवसर प्रदान गर्ने।
ग्लोबल नेटवर्किङ: नेपाली युवालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने।
शिक्षा, उद्यमशीलता र नेतृत्व विकासमा पहुँच।
नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना: नयाँ पुस्तामा ‘गर्वका साथ’ पहिचान विस्तार गर्ने।
सम्राट कँडेलले आफू ‘परिवर्तनको कुरा गर्न होइन, त्यसमा सहभागी भएर देखाउन’ चाहेको बताउँदै सम्पूर्ण एनआरएनए अष्ट्रेलियाका सदस्य तथा युवाहरूसँग साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गरेका छन्।
जुलाई २६ को निर्वाचनले यी दुईमध्ये कसलाई एनआरएनए अष्ट्रेलियाको युवा नेतृत्वको जिम्मेवारी दिन्छ, त्यो हेर्न बाँकी छ। अष्ट्रेलियावासी नेपालीहरू अब उनीहरूको ‘अमुल्य मत’ कसलाई दिएर ‘युवाको भविष्य’ र ‘समुदायको हित’ लाई सुनिश्चित गर्छन्, त्यो नै सबैको चासोको विषय बनेको छ।






