सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ : प्रचण्ड

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ कार्तिक २०७६, मंगलवार फोटो समाचार

पाँचथर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेको बताएका छन् ।

मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले नतोडेको भन्दै उनले भने ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो अवस्थासम्म नआइनपुग्ने दावी गरे । उनले मुलभूत रुपमा सहमति कार्यन्वयन गरेरै आज दुई पार्टी मिलेर नेकपा बनेको पनि बताए ।

उनले आफु र अर्का अध्यक्ष ओलीबीच सहमतिमै सबै कुरा अगाडि बढिरहेको भन्दै आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको पनि बताए । ‘मिडियामा आएका कुराहरुलाई लिएर भ्रममा नपर्न आग्रह गर्छु । हामी समझदारीबाटै अघि बढ्छौ’ प्रचण्डले भने, ‘हिजोमात्रै पनि प्रधानमन्त्रीसँग दुई घण्टा मेरो कुुराकानी भयो । वातावरण सकारात्मक छ । अब छिट्टै सहमति कार्यान्वयन हुन्छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार