श्रावण महिनाभर रेसुङ्गा महापोखरीमा स्नान गरी यज्ञशाला दर्शन गर्ने भक्तजनको भीड

उज्यालो प्रतिनिधि ३ श्रावण २०८२, शुक्रबार समाचार

 

गुल्मी।श्रावण महिनाको अवसरमा गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गा महापोखरीमा स्नान गर्ने र यज्ञशालाको दर्शन गर्ने भक्तजनहरूको भीड बढ्न थालेको छ। रेसुङ्गा संरक्षण समिति र रेसुङ्गा नगरपालिकाले प्रचार गरेका अनुसार, महापोखरीमा स्नान र यज्ञशाला दर्शन गरे पुण्य प्राप्त हुने विश्वास छ।

यहाँ आउने भक्तजनहरूले भजन, कीर्तन, पूजा–आराधना गर्दै मन्दिरहरूको पनि दर्शन गर्ने गरेका छन्। साथै, उनीहरूले अरूलाई पनि यस पवित्र कार्यमा सहभागी हुन प्रेरित गरिरहेका छन्।

रेसुङ्गाको प्राकृतिक सौन्दर्य र धार्मिक महत्वले प्रत्येक वर्ष श्रावणमा हजारौं भक्तजनलाई आकर्षित गर्दै आएको छ। रेसुङ्गा संरक्षण समितिका अनुसार, यो धार्मिक तथा पर्यटकिय स्थलको महत्व झनै बढाउँदै लैजाने योजनामा पनि काम भइरहेको छ। अधिक जानकारीका लागि रेसुङ्गा संरक्षण समिति वा रेसुङ्गा नगरपालिकामा सम्पर्क गर्न सकिने रेसुङ्गा सरक्षणका पण्डित गिरिराज पाण्डे ले बताउनु भयो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार