भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

उज्यालो प्रतिनिधि ३ श्रावण २०८२, शुक्रबार विश्व

पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् ।

बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका छन् ।

पटनाका केही भागहरूमा अझै भारी वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ ।

बिहार राज्यका विपद् व्यवस्थापन मन्त्री विजय कुमार मण्डललाई उदृत गर्दै एएफपीले सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन सुचना जारी गर्न निर्देशन दिइएको जनाएको छ ।

पटना सरकारले चट्याङ्बाट ज्यान गुमाउनेहरूका परिवारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

पटना सरकारका अनुसार सन् २०२३ मा २७५ र सन् २०२४ मा कम्तिमा २४३ जनाको चट्याङका कारण मृत्यु भएको थियो ।

बिहारसहित भारतको पूर्वी क्षेत्र वार्षिक बाढीको जोखिममा छ जहाँ मनसुनको समयमा कयाँैको ज्यान जानुकासाथै लाखौँ मानिस विस्थापित हुने गरेको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार