खेलाडी र प्रशिक्षक सम्मानित

उज्यालो प्रतिनिधि २६ असार २०८२, बिहीबार खेल
घोराही(दाङ)।   जिल्ला क्रिकेट सङ्घले एसिसी पुरुष यु–१६ इस्टर्न जोन कप विजेता नेपाली टोलीका सदस्य शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलार्ई घोराहीमा सम्मानित गरेको छ ।
विजेता टोलीका महत्वपूर्ण सदस्य लमही नगरपालिका–५ का खनाल र सहायक प्रशिक्षक घोराही उपमहानगरपालिका–१३ का क्षेत्रीलाई घोराहीमा आज आयोजित कार्यक्रममा सम्मान गरेको हो । त्यसअघि दुवैजना सम्मिलित विजयी र्याली निकालिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलाडीको हौसला बढाउन र खेल भावनाको विकास गर्न खेलाडीलाई सम्मान आवश्यक रहेको बताए । जिल्लामा खेलाडी उत्पादनको राम्रो सम्भावना रहेको सङ्घका जिल्ला अध्यक्ष प्रदिप मजगैयाले बताए।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार