लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटियो

उज्यालो प्रतिनिधि २६ असार २०८२, बिहीबार उज्यालो फोकस
म्याग्दी ।   म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ ।
घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो । उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए । नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, जनप्रतिनिधी र स्थानीयवासीको संयुक्त टोलीले बिकको शव फेला पारेका मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए  ।
उक्त पहिरोमा पुरिएर सरोजका बुवा ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो । घर नजिकैको पाखामा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनिहरुलाई पुरेको प्रहरी निरीक्षक सागर पौडेलले बताए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार