अध्यक्ष प्रचण्ड भन्छन्, ‘माओवादी केन्द्र नेपाली राजनीतिको संस्थापन पक्ष हो’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी भएको बताएका छन् । अहिले कानुनी र संख्याको हिसाबले प्रतिपक्षमा बसे पनि एजेन्डाका हिसाबले माओवादी संस्थापन र अरु दल प्रतिपक्ष भएको प्रचण्डको विश्लेषण छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘जतिसुकै संख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन् । यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो ।’

उनी अगाडि थप व्याख्या गर्दै भन्छन्, ‘अहिले कानुनी र संख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौं । तर हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार