“संस्थागत सेवाको नयाँ युग: सुनछहरी–६ को आफ्नै भवनबाट सुरु भयो सुशासनको यात्रा”

 

डि बि संघर्ष /रोल्पा

सुनछहरी गाउँपालिका–६ का वडाध्यक्ष अमरजित पुन मगरले एक ऐतिहासिक घोषणाका साथ जानकारी गराएका छन्—अब वडा नं. ६ मा आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाहको यात्रा सुरु भइसकेको छ।

वर्षौंदेखि संस्थागत संरचना नहुँदा अप्ठ्यारो र असहजताबीच सञ्चालित सेवा अब आफ्नै ठाउँबाट सुरु हुनुले, स्थानीय सरकारको उपस्थितिलाई महसुस गर्ने युगको सुरुवात भएको वडाध्यक्ष पुनको भनाइ छ।

“अब हामी केवल सेवा दिइरहेका छैनौं, हामी सशक्त उपस्थिति जनाइरहेका छौं,” उनले भने, “आज मेरो एउटा सपना साकार भएको छ – यो केवल भवन होइन, यो आशा, आत्मसम्मान र उत्तरदायित्वको मूर्त रूप हो।”

उपल्लोथोक ओखरफेदमा अस्थायी रूपमा सञ्चालित सेवा अबदेखि जुम्लेधाराको माथिल्लो भागमा रहेको स्थायी संरचनाबाट सुरु गरिएको छ। विधिवत उद्घाटन कार्यक्रम भने चाँडै सार्वजनिक गरिने बताइएको छ।

वडाध्यक्ष पुनले भवन निर्माणको यस ऐतिहासिक यात्रामा साथ दिने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, निवर्तमान नेतृत्व, सम्पूर्ण जग्गादाता, निर्माण कम्पनीहरू र राजनीतिक दल, बुद्धिजीवी वर्ग, टोल विकास संस्था तथा स्थानीय क्लवहरूप्रति गहिरो कृतज्ञता प्रकट गरेका छन्।

“विकास भनेको केवल संरचना निर्माण होइन, त्यो त चेतनाको विस्तार र विश्वासको पुनर्स्थापना हो। आज हामीले त्यो चेतनाको पहिलो आधारशिला निर्माण गरेका छौं,” उनले दार्शनिक शैलीमा सम्बोधन गर्दै भने।

पुजाआजा गरि परम्परा अनुसार सहयोग गर्नुहुने पुजारीदेखि पुरानो कार्यालयबाट सर्ने क्रममा सहयोग गर्ने हर एक सहयोगी मनप्रति पनि उनले हृदयदेखि आभार व्यक्त गरे।

“अझै धेरै गर्नु छ,” भन्दै उनले वर्तमान उपलब्धिलाई अन्तिम लक्ष्य नभई यात्राको आरम्भ मात्र मानेका छन्। “हामीले सपना देख्यौं, जनताले साथ दिए, र अब त्यो सपना हाम्रै आँखामै साकार हुँदैछ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार