ने.क.पा. माओवादी केन्द्र धुर्कोट काठमाडौ सम्पर्क समन्वय समितिको भेला सम्पन्न

उज्यालो प्रतिनिधि २२ असार २०८२, आईतवार समाचार

कमल राज पुरी, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धुर्कोट- काठमाडौ सम्पर्क समन्वय समिति गुल्मीको दोस्रो भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिका सल्लाहकार नरेन्द्र कुवरको अध्यक्षतामा सम्पन्न भेलामा पाटीका गुल्मी जिल्ला पुर्व इन्चार्ज तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका जनसम्पर्क बिज्ञ बुद्धि जिसी प्रमुख अतिथि रहेका थिए ।

शनिवार वाल्मिकि क्याम्पस प्रर्दशनीमार्ग काठमाडौमा सम्पन्न भेलाको अतिथिहरुमा सम्पर्क समन्वय प्रदेश समिति सदस्य बिमल खनाल , विशेष प्रदेश समिति सदस्य बसन्ता भण्डारी ,लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति सदस्य कृष्ण भण्डारी ,गुल्मी काठमाडौ सम्पर्क समन्य समितिका अध्यक्ष सन्दिप भट्टराई , लुम्बिनी प्रदेश सदस्य बिनिता रोकाय पोख्रेल,उपत्यका विशेष प्रदेश पेशागत महासंघ अध्यक्ष प्रा.डा. सुर्य थापा ,लुम्विनी प्रदेश सम्पर्क समन्वय समिति सदस्य राम प्रसाद ढकाल,अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारी लगायत रहेका थिए ।

उक्त भेलाले पुर्व DSP तथा कानुन व्यवसायी राजेन्द्र पोखरेलको नेतृत्वमा १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष राजेन्द्र पोखरेल,उपाध्यक्ष सुरेश पाण्डे र सुवर्ण खनाल ,सचिव जिवलाल खनाल,सह सचिव मञ्जल भण्डारी र सिर्जना पोखरेल,कोषाध्यक्ष अर्जुन जि.सी., सदस्यहरु अस्मिता भण्डारी,तिर्थराज पाण्डे,कमल भण्डारी, सन्देश खनाल, प्रशान्त भण्डारी,पदम भण्डारी लगायत रहेका छन । कार्यक्रमको सञ्चालन गुल्मी काठमाडौ सम्पर्क समन्वय समिति सचिव अशोक खडकाले गरेका थिए । साउन १० गते समग्र गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको सम्मेलन भव्य रुपमा गर्नका लागि तयारी भइरहेको अशोक खडकाले जानकारी दिए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार