‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै

काठमाडौँ, असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यसपटक पनि यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ ।

नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने लेखक तथा निर्देशक नर प्रधानले जानकारी दिए ।

उनले भने, “हाम्रो भाषा र संस्कृति जोगाएनौँ भने भावी पुस्ताले यो धरोहर गुमाउनेछ । हाम्रा पूर्खाले जोगाएको सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । चलचित्रले नेपालीपन प्रति माया र एकताको सन्देश दिन्छ । यसलाई व्यावसायिकभन्दा पनि सांस्कृतिक उपहारको रूपमा लिन सकिन्छ ।”

करिब १७ वर्ष अगाडि नेपालबाट अमेरिका पुग्नुभएका निर्देशक प्रधानले त्यहाँको व्यस्त जीवनले नेपाली संस्कृतिसँगको सम्बन्धमा दूरी बढाएको अनुभव गरेपछि चलचित्र तयार गरेको बताए । उनका अनुसार चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृति बारे जानकारी दिन्छ । उक्त चलचित्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त ठानेको छ ।

“हाम्रो विषयवस्तुले मनोरञ्जनसँगै शिक्षा पनि दिन्छ । नेपाली भाषा र संस्कृति संरक्षणमा जोड दिइएका कारण चलचित्रलाई बालबालिकालाई देखाउन मिल्ने भनिएको हो । हामीले आफ्नो भाषा र सस्कृतिबारे बाल्यकालबाटै नयाँ पुस्तालाई जानकारी दिनु जरुरी छ”, निर्देशक प्रधानले भने ।

उक्त चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतले अभिनय गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार