कतारमा धान दिवसको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम तय

उज्यालो प्रतिनिधि ७ असार २०८२, शनिबार बागमती

दोहा,कतार- बागमती प्रदेश समन्वय परिषद कतारले असार १५ धान दिवस अर्थात दही चिउरा खाने दिनलाई बिशेष साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ ।

बागमती प्रदेश समन्वय परिषद कतारको आयोजना र प्रदेश मातहतका ७ वटा जिल्ला संस्थाहरुको सह-आयोजनामा आगामी २७ जुन २०२५ शुक्रबार प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा असार १५ दही चिउरा खाने दिन शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरि धान दिवस मनाउन लागिएको हो ।

प्रदेश समन्वय परिषदले सम्पूर्ण नेपाली समुदायहरु बिच आपसी सद्भाव, साँस्कृतिक संरक्षण र उत्सवमय वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गर्न लागेको कार्यक्रममा कतारमै रहेर कलाकारितामा आफ्नो उच्च पहिचान बनाउन सफल कलाकारहरुको उत्कृष्ट गायन तथा साँस्कृतिक नृत्य प्रस्तुति र अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु प्रत्यक्ष हेरेर रम्न रमाउन पाउनुको साथै दही चिउरा बिशेष परिकारहरुको स्वाद लिदै एक अर्कामा सम्मान र शुभकामना आदानप्रदान गर्ने अवसर पाइने परिषदकी महिला उपाध्यक्ष एवं कार्यक्रम संयोजक ममता रानाभाटले नेपाली जनता खबरलाई जानकारी गराएकी छिन ।

उक्त दिन बिहान ठिक १० बजेबाट सुरु हुने समय तालिका रहेको कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगि सकेको बताउदै आयोजक समितिले सम्पुर्ण दोहाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई उपस्थित भएर भव्य रुपमा कार्यक्रममा सफल पार्न सहयोग गरिदिनु हुन अनुरोध गरेको छ ।

असार १५ मा खेतमा रोपाई सुरु गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा मनाउने प्रचलन भए पनि वि.सं. २०६१ साल देखी यता कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ ।

“सम्पुर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना” भन्ने मुल नाराको साथ सन् – २०१८ मा कतारमा स्थापित बागमती प्रदेश समन्वय परिषद कतार सङ्ग समन्वय गरि प्रदेश मातहतका ७ वटा जिल्ला संस्थाहरु रामेछाप सेवा समाज कतार, सिन्धुली सेवा समाज दोहा कतार, धादिङ सेवा समाज कतार, नुवाकोट सेवा समाज दोहा कतार, काभ्रेपलान्चोक सेवा समाज कतार, सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार र चितवन युवा समुह दोहा कतारले एकसाथ राष्ट्रिय धान दिवस मनाउन लागेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार