२२ महिनामा अबधीमा ४७ व्यापारी विरुद्ध मुद्दा दायर

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०८२, बिहीबार बागमती
बागमती ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ ।
सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायी विरुद्ध दायर गरेको हो ।
कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१÷८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन जना  व्यवसायी विरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो ।
उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१÷८१ मा ४४ जना व्यापारी विरुद्ध मुद्दा दायर गरेको थियो ।
अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकुल हुने गरी मिसाबट गर्ने, म्याद गुज्रेको समान बिक्री गर्ने व्यवसायी विरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रमुख घिमिरेले जानकारी दिए ।
आव २०८१÷८२ मा सो कार्यालयले खाद्य अनुज्ञापत्र सिफारिस, जारी तथा नविकरण  ४८३ वटा, दाना अनुज्ञापत्र सिफारिस जारी तथा नविकरण १८ वटा, ऐन बमोजिम खाद्य तथ दाना नमूना सङ्कलन ९० वटा र खाद्य स्वच्छता सर्भिलेन्सका लागि १८३ सङ्कलन गरी नमूना बिश्लेषण गरिएको प्रमुख घिमिरेले बताए।
नमूना विश्लेषण गर्दा प्रतिकुल आएका ८५ नमूनाहाई नियामनुसार कानुनी प्रक्रियाअघि बढाउने, पुनःजाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ ।
सो अबधीमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधी समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका रु एघार लाख ३३ हजार मूल्य बराबरको वस्तुहरु जफल गरी सरोकारबालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेको भनाइ छ ।
होटल तथा रेष्टुरेन्टको स्तरिकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा सौरहा चितवन लगायतका स्थानमा सञ्चालित १३ वटा होटल तथा रेष्टुरेन्टकलाई स्तरिकरण तथा लोगो वितरण गरिएको छ ।
सो कार्यालयले विभिन्न कार्यक्रम गरी जेठ १८ गतेदेखि २४ गतेसम्म विश्व खाद्य स्वच्छता दिवससमेत मनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार