मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या

उज्यालो प्रतिनिधि ७ जेष्ठ २०८२, मंगलवार विश्व
बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित सात जनालाई गोली हानेर मारेका छन् । त्यहाँ लागुपदार्थ कार्टेलहरूबीचको हिंसाले क्याथोलिक चर्चको निन्दा निम्त्याएको छ ।
मध्य राज्य गुआनाजुआटोमा भएको यो आक्रमण स्थानीय समयानुसार सोमबार बिहान २ः०० बजे सान फेलिप सहरको एक प्लाजामा भएको थियो । त्यहाँ स्थानीय प्रहरीले गोली हानाहानको रिपोर्टपछि सबै पुरुषसहित सात शव र क्षतिग्रस्त भ्यान फेला पारेको स्थानीय सरकारले एक विज्ञप्तिमा बताएको छ ।
अधिकारीहरूले त्यस क्षेत्रमा सक्रिय सान्ता रोसा डी लिमा गिरोहसँग सम्बन्धित सन्देशहरू भएका दुई ब्यानर पनि फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।
गुआनाजुआटो एक फस्टाउँदो औद्योगिक केन्द्र र धेरै लोकप्रिय पर्यटन गन्तव्यहरूको घर हो, तर आधिकारिक हत्या तथ्याङ्कअनुसार यो मेक्सिकोको सबैभन्दा घातक राज्य पनि हो ।
हिंसात्मक अपराध सान्ता रोसा डी लिमा गिरोह र ल्याटिन अमेरिकी राष्ट्रको सबैभन्दा शक्तिशाली मध्ये एक जलिस्को न्यु जेनेरेसन कार्टेल बीचको द्वन्द्वसँग जोडिएको छ ।
क्याथोलिक चर्चका मेक्सिकाली नेताहरूले सोमबार गोली हानाहानको निन्दा गर्दै यसलाई बहुसङ्ख्यक क्याथोलिक रहेको देशको ‘सामाजिक संरचना कमजोर हुने, दण्डहीनता र विशाल क्षेत्रहरूमा शान्तिको अभावको चिन्ताजनक सङ्केत’ भनेका छन् ।
“यति धेरै समुदायलाई घाइते बनाइरहेको हिंसाको लहरमा हामी उदासीन रहन सक्दैनौँ”, मेक्सिकोका बिशपहरूको सङ्गठन मेक्सिकोको एपिस्कोपल कन्फरेन्सले एक विज्ञप्तिमा भन्यो, “गोली प्रहार पीडादायी आवृत्तिका साथ दोहोरिरहेका धेरैमध्ये एक थियो ।”
डिसेम्बरमा मेक्सिकोको चर्चले युद्धरत कार्टेलहरूलाई युद्धविराम घोषणा गर्न आह्वान गरेको थियो ।
आधिकारिक आँकडा अनुसार गुआनाजुआटोले गत वर्ष मेक्सिकोको कुनै पनि राज्यमा सबैभन्दा धेरै तीन हजार एक सय ५१ हत्या रेकर्ड गरेको थियो । जुन राष्ट्रिय स्तरमा हत्याको १० दशमलव पाँच प्रतिशत हो ।
सन् २००६ मा सेनाले लागुपदार्थ विरुद्ध अभियान सुरु गरेयता मेक्सिकोमा करिब चार लाख ८० हजार हिंसात्मक मृत्युको सङ्ख्या पुगेको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार