पुलबाट खसेर एक युवकको मृत्यु

उज्यालो प्रतिनिधि ६ जेष्ठ २०८२, सोमबार फोटो समाचार
घोडाघोडी (कैलाली), निर्माणाधीन पुलबाट खस्दा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुरका एक युवकको मृत्यु भएको छ । २७ वर्षीय दीपेन्द्र थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
जिल्लाको घोडाघोडी नगरपालिका–१२ र ५ जोड्ने कान्द्रा नदीमा झोलुङ्गे पुल निर्माणका लागि कामदारका रुपमा आएका थारु सात फिट तल खसेका थिए ।  अवस्थीका अनुसार आइतबार बेलुका खाना खाइसकेपछि उनी घरमा फोन गर्न बसेको स्थानबाट नेटवर्क आउने ठाउँतिर गएका थिए । सोही क्रममा उनी पुलबाट खसेका अनुमान गरिएको छ । आज बिहान मात्रै अन्य कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार