विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

उज्यालो प्रतिनिधि १ जेष्ठ २०८२, बुधबार समाचार
मलेखु (धादिङ), धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जना पुरुषको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार