पोखराको होटलमा पारस र सोनिका ३ दिन सँगै बसेको खुलासा !

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३० आश्विन २०७६, बिहीबार फोटो समाचार

विभिन्न युवतीसँग नाम जोडिएर पटक पटक विवादमा आइरहने पूर्व युवराज पारस शाहको नाम यस पटक युट्युवर तथा मोडल सोनिका रोकायासँग जोडिएको छ ।

दरवारमार्गस्थित सोनिकको लगानी रहेको लिक्विड लाउन्जमा बाक्लै रुपमा देखिने गरेका पारस पछिल्लो समय पोखरामा सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा भाइरल भएको छ ।

यति मात्रै नभएर सोनिकाले बनाएको टिकटकमा मुसुक्क हाँसेर साइड लाग्ने अधवैँसे उनै पारस हुन् । अनि टिकटक खिचिएको दृश्य पोखराको कुनै होटलको भएको बताइएको छ ।

शाहज्यादा, युवराज हुँदै पूर्वयुवराज बनिसक्दा पनि आफ्नै व्यवहारका कारण पारस पटकपटक विवादमा आइरहेका छन् । कहिले प्रहरीलाई कुटेर त कहिले ट्राफिक नियम तोडेकामा गाडी रोक्न खोज्ने ट्राफिक प्रहरीलाई नै किच्न खोज्ने उनको उग्र व्यवहार देखिइनै रहेको छ ।

सुरा र सुन्दरी पनि छुटेको छैन उनको विवादमा । चार वर्ष थाइल्याण्ड बसाईमा उतैकी युवती कनिका चाइसानसँगको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो ।

कन्निकाले पारस आफ्ना श्रीमान भएको र उनको तर्फबाट एकजना सन्तानसमेत रहेको भन्दै एक बालकको तस्बिरसमेत सार्वजनिक गरेकी थिइन् । श्रीमती हिमानी शाहसँग उनको ठाकठुक त पुरानै हो । कानुनी रुपमा यी दुबै श्रीमान श्रीमती भए पनि सँगै बस्दैनन् ।

हिमानी निर्मल निवासमा बस्छिन् । पारसलाई निर्मल निवासमा प्रवेश अनुमति छैन । मोडल सोनिकाले अफेयर नभए पनि आफू पारससँग निकट भएको बताएको खबर आज प्रकाशित शुक्रबार साप्ताहिकमा मनोज घर्तीमगर र रीना मोक्तानले लेखेकी छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार