जापानमा वास्तविक ज्याला दर मार्चमा २.१ प्रतिशतले घट्यो

उज्यालो प्रतिनिधि २६ बैशाख २०८२, शुक्रबार विश्व

जापानको वास्तविक ज्याला दर एक वर्षअघिको तुलनामा २.१ प्रतिशतले घटेको छ । यो गिरावट लगातार तीन महिनासम्म देखिएको हो ।

“उपभोक्ता क्रय शक्तिको ब्यारोमिटर अर्थात् मुद्रास्फीति–समायोजित वास्तविक ज्यालाको गिरावट फेब्रुअरीमा संशोधित १.५ प्रतिशत र जनवरीमा २.८ प्रतिशत गिरावट पछि भएको हो,” स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार ताजा खाद्य मूल्यहरू समावेश रहेको तर भाडाको लागत समावेश नभएको उपभोक्ता मूल्य मार्चमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ४.२ प्रतिशतले वृद्धि भएको छ । बढ्दो खाद्य लागतको कारण प्रेरित यो वृद्धि फेब्रुअरीमा ४.३ प्रतिशत वृद्धिबाट सुस्ताएको हो ।

जम्मा औसत ज्याला र अतिरिक्त वेतनसहित प्रति कामदार कुल औसत मासिक नगद आय २.१ प्रतिशतले बढेर ३० लाख आठ हजार ५७२ येन (करिब दुई हजार १०० अमेरिकी डलर) पुगेको छ, यो वृद्धि लगातार ३९ औं महिनाको लागि हो।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार