चीन–अमेरिका वार्ता कुशल व्यापार सम्बन्धतर्फ अघि बढ्ने राष्ट्रसङ्घको विश्वास

उज्यालो प्रतिनिधि २६ बैशाख २०८२, शुक्रबार विश्व

स्विट्जरल्याण्डमा हुने चीन र संयुक्त राज्य अमेरिकाबीचको वार्ताले दुई देशको कुशल र प्रभावकारी व्यापार सम्बन्धतर्फ अघि बढ्न मद्दत गर्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी रहेको राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका उपप्रवक्ता फरहान हकले नियमित पत्रकार सम्मेलनमा भने “हामी आशा गर्छौँ, वार्ताले अमेरिका र चीनको व्यापार सम्बन्धमा थप सहजता र सरलतातर्फ अघि बढ्न मद्दत गर्नेछ ।”

संयुक्त राष्ट्रसङघका प्रमुख ‘विश्वव्यापी युद्धले विकासशील देशलाई असर गर्न सक्छ भन्ने विषयमा चिन्तित रहेकाले त्यसबाट बच्नको लागि कुनै पनि प्रयास स्वागतयोग्य हुने’ हकले बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा उपप्रधानमन्त्री हे लाइफेङले मे ९ देखि १२ सम्म स्विट्जरल्याण्डको भ्रमण गर्न कार्यक्रम तय भएको जनाइएको छ । स्विट्जरल्याण्डको भ्रमणको क्रममा उनले चीन–अमेरिका आर्थिक तथा व्यापार मामिलाका लागि चिनियाँ प्रतिनिधिको रूपमा अमेरिकी प्रतिनिधि स्कट बेसेन्टसँग भेटवार्ता गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार