जेरुसेलममा विद्यालय बन्द वा तोडफोड गरिएका भन्दै राष्ट्रसङ्घीय निकायद्वारा चासो व्यक्त

उज्यालो प्रतिनिधि २६ बैशाख २०८२, शुक्रबार विश्व

पूर्वी जेरुसेलममा रहेका तीन राष्ट्रसङ्घीय सहयोगमा सञ्चालित विद्यालयहरूमा भएको इजरायली आक्रमणका कारण ५५० भन्दा बढी विद्यार्थीहरूलाई कक्षा कोठा छोड्न बाध्य पारेको संयुक्त राष्ट्र सङ्घीय निकाय युएनडब्लुएआर) का आयुक्त–जनरल फिलिप लाजारिनीले जानकारी दिएका छन् ।

लाजारिनीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उक्त आक्रमणले ‘बालबालिका र शिक्षा माथि ज्यादती’ गरी अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको बताएका छन् ।

आक्रमणको कारण पूर्वी जेरुसेलममा राष्ट्रसङ्घको सहयोगमा सञ्चालन रहेका छ वटा विद्यालयका सबै बालबालिकालाई खाली गर्न बाध्य पारिएको उनले उल्लेख गरेका छन् ।

यसैगरी आक्रमणपछि एक विद्यालय कर्मचारीलाई हिरासतमा लिइएको पनि उनले पुष्टि गरे ।

हाल लगभग ८०० बालबालिकाहरू आक्रमणको कारण असहज परिस्थितिमा रहेको लाजारानीले जानकारी दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार