सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन

उज्यालो प्रतिनिधि २६ बैशाख २०८२, शुक्रबार समाचार

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताएका छन् । यसले जनतामा निराशा पैदा गरेको उनले उल्लेख गरे ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले भने, “यो नीति तथा कार्यक्रमप्रति जनताको आशा पनि छैन, भरोसा पनि छैन ।”

फरक मत राख्ने पार्टीको मतलाई पनि सम्मान गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो । बूढीगण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना नीति तथा कार्यक्रमको प्राथमिकतामा नपरेकामा उनले आपत्ती व्यक्त गरे । नीति तथा कार्यक्रममा युवालाई रोजगारी सिर्जना गर्ने कुनै पनि कार्यक्रम समावेश नगरिएको उनले टिप्पणी गरे ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले आर्थिक मन्दी, युवा पलायन र रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र निर्भर रहनुपर्ने अवस्था भएको बताए । “विभिन्न जातजातिबीच द्वन्द्व छ, यतिबेला संस्थाका असक्षमता र कुशासनलाई सच्याउने ठोस योजना लिएर नीति तथा कार्यक्रम आउन सकेन, आम जनताको जीविकोपार्जनमा देखिएका समस्या समाधान गर्नेगरी यो नीति तथा कार्यक्रम आउन सकेन”, उनले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार