गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री

उज्यालो प्रतिनिधि ८ बैशाख २०८२, सोमबार शिक्षा

गण्डकी, नयाँ शैक्षिक सत्र सुरू भएपछि गण्डकी प्रदेशमा हालसम्म छ लाख ४३ हजार पाँच सय ३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयका अनुसार रु आठ करोड ८३ लाख १३ हजार आठ सय बराबरको पाठ्यपुस्तक बिक्री गरिएको हो । कार्यालयका सूचना अधिकारी शिवविलास पौडेलले प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसेकेको जानकारी दिए ।

“माग भएजति पाठ्यपुस्तक स्थानीय बिक्रेतामार्फत जिल्लामा पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक प्रयाप्त छ”, उनले भने । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री वितरण हुँदै आएको छ । पाल्पाको रामपुर क्षेत्रमा पनि पोखरास्थित कार्यालयबाट पुस्तक जाने गरेको सूचना अधिकारी पौडेलले बताए ।

शैक्षिक सत्र सुरू हुनुअगावै विद्यार्थीका हात पाठ्यपुस्तक पुगिसकेको उनको भनाइ छ । कार्यालयमार्फत मनाङमा छ हजार छ सय ७५, मुस्ताङमा तीन हजार आठ सय ३०, लमजुङमा ३९ हजार पाँच सय ९१, म्याग्दीमा ३९ हजार दुई सय ५५, गोरखामा ६४ हजार पाँच सय ४५, पर्वतमा ४४ हजार एक सय १९, बागलुङमा एक लाख दुई हजार चार सय २७, स्याङ्जामा ५१ हजार आठ सय ८३, कास्कीमा एक लाख ८२ हजार एक सय नौ, र पाल्पाको रामपुर क्षेत्रमा तीन हजार पाँच सय ९२ थान पुस्तक बिक्री गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार