२८ आश्विन २०७६, मंगलवार

८ घन्टा भन्दा धेरै सुत्नेलाई हर्ट अट्याक !

2.7kViews
1849 Shares

जाडो मौसम जारी छ । जाडो मौसममा हामी मध्ये धेरै सुत्न मनपराउछौं । जाडोबाट लाग्ने रोगबाट बच्नका लागि पनि हामी मध्ये धेरैले ओछ्यानमै समय विताउने गरेका छौं । तर यसलाई एक अध्ययनले गतल सावित गरिदिएको छ ।

यूरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन रिपोर्टका अनुसार ६ या ८ घन्टा भन्दा धेरै समय सुत्नुले मुटुको बिरामी हुनुका साथ साथै चाडै मृत्यु हुने खतरा पनि बढ्न जान्छ । तर अध्ययनको रिपोर्टका अनुसार पर्यात्त मात्रामा निद्रा निकै महत्वपूर्ण हुन्छ । तर आवश्यकता भन्दा धेरै सुत्दा भने स्वास्थ्यलाई निकै असर पर्न जान्छ ।

यो पनि पढ्नुहोस् ...  नराम्रो सपना देख्नु भयो ?नडराउनुहोस,२० सपनाको फल आँफै जान्नुहोस

आवश्यकता भन्दा धेरै सुत्दा मुटुका बिरामीका साथ समयभन्दा पहिला मृत्यु हुने खतरा बढ्ने गरेको छ ।

अध्ययनका क्रममा शोधकर्ताको टीमले २१ अलग अलग आयको देशका १ लाख १६ हजार ६ सय ३२ मानिसबीचमा निद्राको डाटाको जाँच गरिएको थियो । यसमा ४ अत्याधिक आयवाला देश जस्तै क्यानडा, स्वीडेन, साउदी अरब, युएइ, १२ मध्य आएका भएका देश जसमा अर्जेन्टिना, ब्राजिल, चिली, चीन, इरान, मलेशिया लगातका देशमा अध्ययन गरिएको थियो । यसका साथै कम आय भएका देश बंगालादेश, भारत, पाकिस्तान, तान्जातिया तथा जिम्बाबेका मानिसलाई सहभागी गराइएको थियो ।

यो पनि पढ्नुहोस् ...  रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने

अध्ययनमा सहभागी सबै देशका मानिससँग उनीहरुको आर्थिक स्थिति, लाइफस्टाइल, सुत्ने समय, धुम्रपान, अल्कोहल, व्यायाम, डाइट तथा विरामीसँग सम्बन्धी प्रश्नहरु सोधिएको थियो ।

नतिजामा आए अनुसार जो मानिस ८ घन्टा भन्दा धेरै सुत्छन् उनीहरुमा हर्ट अट्याक तथा स्ट्रोक हुने खतरा अधिक हुन्छ । साथसाथ यस्तो मानिसको चाडो मृत्यु हुने खतरा पनि ४१ प्रतिशत बढ्न सक्छ । अध्ययनका अनुसार व्यक्तिलाई ६ देखि ८ घन्टा भन्दा धेरै समय सुत्नु घातक हुन जान्छ ।

यो पनि पढ्नुहोस् ...  किन घुर्छ मान्छे ?

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार