उज्यालो प्रतिनिधि ३० चैत्र २०८१, आईतवार विश्व

इरान र संयुक्त राज्य अमेरिकाबीचको आणविक वार्ता अघि बढ्ने सङ्केत
ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबीच शनिबार अप्रत्यक्षरूपमा भएको वार्ताले आगामी थप वार्ताका लागि वातावरण बनेको वार्तामा संलग्न दुवै पक्षले बताएका छन् ।

ओमानको राजधानी मस्कटमा दुई देशका प्रतिनिधिमण्डलबीच मध्यस्थ ओमानी कुटनीतिज्ञको सहयोगमा अप्रत्यक्ष वार्ता भएको थियो ।

इरानको आणविक कार्यक्रमलाई लिएर सन् २०१८ यता दुई देशबीच भएको यो उच्चस्तरीय बैठक हो । दुवै देशले पहिलो चरणको बैठकलाई ‘रचनात्मक’ भनेका छन् । अर्को साता दोस्रो चरणको छलफल हुनेछ ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ ह्विटकोफले गरेका थिए । इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए ।

ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल बुसैदीमार्फत दुवै देशका प्रतिनिधिलाई सन्देश पठाइएको थियो ।

यद्यपि, बुसाईदीको उपस्थितिमा अराघची र विटकोफले केही मिनेट प्रत्यक्ष कुराकानी पनि भएको थियो ।

“मेरो विचारमा, पहिलो बैठकको रूपमा, यो एक रचनात्मक बैठक थियो जुन धेरै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा भएको थियो, किनकि वार्तामा एक अर्कालाई अपमानित गर्नेे खालको कुनै अनुचित भाषा प्रयोग गरिएको थिएन,” अब्बास अराघचीले वार्तापछि इरानी सरकारी टिभीसँग भने ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वार्ता निकै सकारात्मक र रचनात्मक रहेको छ ।”

इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता ‘अर्को हप्ता’ पनि जारी राख्ने बताएको छ ।

अमेरिका र इरानबीच मस्कटमा शनिबार भएको वार्ताको मध्यस्थता गरेका ओमानका उच्च कूटनीतिज्ञले ती वार्ताहरू ‘मैत्रीपूर्ण वातावरण’ मा सम्पन्न भएको र ‘निष्पक्ष र बाध्यकारी सम्झौता’ को खोजी सुरु गरेको बताएका छन् ।

“मस्कटमा शनिबार हामीले इरानी विदेशमन्त्री डा सैयद अब्बास अराघची र अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफलाई स्वागत गर्यौं र निष्पक्ष र बाध्यकारी सम्झौता सम्पन्न गर्ने साझा उद्देश्यका साथ वार्ता र वार्ताको अन्य प्रक्रिया सुरु गर्न मध्यस्थता गर्यौं।

मैत्रीपूर्ण वातावरणमा भएको यो सम्बन्धका लागि म मेरा दुई सहकर्मीलाई धन्यवाद दिन चाहन्छु,” विदेशमन्त्री बद्र अल्बुसैदीले एक्समा पोस्ट गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार