इजरायली सेनाद्वारा गाजास्थित अस्पतालमा आक्रमण

उज्यालो प्रतिनिधि ३० चैत्र २०८१, आईतवार विश्व

आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा शल्यक्रिया विभाग ध्वस्त भएको गाजामा कार्यरत नागरिक सुरक्षा निकायले दाबी गरेको छ ।

क्षेप्यास्त्र प्रहारपछि गाजास्थित अल अहली ब्याप्टिस्ट अस्पतालबाट भीषण आगो र धुवाँको मुस्लो उडिरहेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ ।

भिडियोमा केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भागिरहेको देखिन्छ । हमासले उक्त आक्रमणलाई ‘भयानक अपराध’ भनेको छ ।

एक स्थानीय पत्रकारका अनुसार इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले एक चिकित्सकलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको थियो ।

नागरिक आपतकालीन सेवाका अनुसार आक्रमणमा कुनै मानवीय क्षति भएको छैन ।

अस्पतालमा कार्यरत एक स्थानीय पत्रकारका अनुसार इजरायली सेनाका एक अधिकारीले आकस्मिक विभागका एक चिकित्सकलाई बोलाई अस्पताललाई तत्काल खाली गर्न भनेका थिए ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले आफ्नो सेनाले चाँडै नै गाजाको अधिकांश भागमा आक्रमण बढाउने घोषणा गरेका छन् ।

काट्जले इजरायली रक्षा बल (आईडीएफ) ले गाजा पट्टीको दक्षिणी भागमा रहेको राफा र खान युनिस शहरको बीचमा रहेको ‘सुरक्षा क्षेत्र’ कब्जा गरेको पनि बताए ।

इजरायली सेनाले खान युनिस र आसपासका क्षेत्र खाली गर्न पनि आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “इजरायली सेनाले गाजाबाट भएको हवाई आक्रमणको जवाफमा आक्रमणको तयारी गरिरहेको छ, जसको जिम्मेवारी हमासले लिएको छ ।”

दुई महिनाको युद्धविरामपछि मार्च १८ मा इजरायलले हमासविरुद्ध पुनः आक्रमण सुरु गरेको थियो ।

त्यसयता इजरायलले गाजाको ठूलो भूभाग कब्जा गरेको छ, जसले गर्दा लाखौं मानिस विस्थापित भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार