पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज

उज्यालो प्रतिनिधि ३० चैत्र २०८१, आईतवार शिक्षा

पेरुका राष्ट्रपति डिना बोलुआर्टेले गैरकानुनीरूपमा ‘रोलेक्सगेट’ घडी उपहार लिएको अभियोगमा संसद्मा महाभियोग लगाउन गरेको तयारीलाई रोकेको छ ।

संसदीय छानबिन उप–समितिले उनले उक्त घडी गैरकानुनी रूपमा उपहार (घुस) लिएको भन्ने आरोपमा कुनै सत्यता नभएको तर उक्त घडी राष्ट्रपतिका साथीले पैसा तिर्नेगरी किनिदिएको ठहर गर्दै उनलाई भ्रष्टाचार आरोप र महाभियोगको सामना गर्नुपर्ने प्रस्तावबाट जोगाएको छ ।

यससँगैै पेरुको कङ्ग्रेसले उनिविरूद्धको भ्रष्टाचारको अनुसन्धान रोकेको छ।

उक्त आरोपमाथि सुनुवाई गर्दै उपसमितिले राष्ट्रपतिको गहिरो अलोकप्रियतालाई थप बिगार्न सक्ने उक्त मुद्दा खारेज गर्न शुक्रबार सिफारिस गरेको थियो ।

सन् २०२६ को जुलाईमा ६२ वर्षीया बोलुआर्टेले पद छोड्दा र राष्ट्रपतिको उन्मुक्ति गुमाउँदा उनिमाथिको यो मुद्दामा अझै पनि सफाई नहुन सक्छ ।

सन् २०२४ को मार्चमा राष्ट्रपतिसँग रहेको अघोषित महङ्गो रोलेक्स घडी र गहनाको भण्डार फेला परेपछि तथाकथित ‘रोलेक्सगेट स्क्यान्डल’ सुरु भएको थियो ।

बोलुआर्टेले अभियोजकसमक्ष घडीहरू एक मित्रद्वारा पैसा तिर्नेगरी किनिदिएको बताएपनि महान्यायाधिवक्ताले कंग्रेसमा त्यसलाई घूस स्वरूप आर्जन गरेको सम्पत्तिका रूपमा औपचारिक आरोप प्रस्तुत गरेका थिए ।

समर्थन अनुमोदन दर एकल अङ्कमा रहेका राष्ट्रपतिको संसद्मा कुनै पार्टी वा नेतृत्व रहेको छैन, तर सत्तारूढ कन्जरभेटिभ पार्टीहरूको समर्थन छ।

सन् २०२३ मा नाकको शल्यक्रियाका लागि दुई हप्तासम्म अघोषित रूपमा अनुपस्थित भएको विषयमा उनले छुट्टै छानबिनको सामना गर्नुपरेको छ, जुन उनले कस्मेटिक उद्देश्यले नभई मेडिकल उपचारका लागि गरिएको बताए थिए ।

पेरू लामो समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ र विगत आठ वर्षमा त्यहाँ छ जना राष्ट्रपति भएका छन् ।

सन् २०२२ को डिसेम्बरमा बोलुआर्टेले वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोलाई विस्थापित गर्दै पदभार ग्रहण गरेका थिए । उनि क्यास्टिलोको उपराष्ट्रपति थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार