डम्मर शाही, कालिकोट । नेकपा (एकिकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) कालिकोटको अध्यक्षमा पुस्पा सिंह चयन भएकी छन् । संघको आइतबार रास्कोटमा सम्पन्न सात्औँ जिल्ला सम्मेलनबाट सिंहको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
घोषित जिल्ला कमिटीकोे उपाध्यक्षमा दुर्गा बिष्ट ,सचीव अम्बिका जैसी ,कोषाअध्यक्ष बिजकन्या बराल ,उप– सचीव धर्मकन्या बम लगाएत रहेका छन् । सम्मेलन अनेम संघकी पुर्व जिल्ला अध्यक्ष किष्णकला पाण्डेको सभा अध्यक्षता साथै नेकपा(एकीकृत समाजवादी) पार्टी केन्द्रिय उपाध्यक्ष, पुर्व मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।