तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

उज्यालो प्रतिनिधि ३० चैत्र २०८१, आईतवार फोटो समाचार

अदानचुली (हुम्ला), अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।

अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरेपनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधालगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार