महिलालाई पञ्चेबाजा बजाउने प्रशिक्षण

उज्यालो प्रतिनिधि १८ चैत्र २०८१, मंगलवार समाचार
रामपुर (पाल्पा), परम्परागत कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि पाल्पाको रम्भा गाउँपालिकाका महिलालाई वाद्यवादनसम्बन्धी सीप प्रदान गरिएको छ । वडा नं २ स्थित कोटथरका महिलालाई लक्षित गरेर पञ्चेबाजा बजाउने सीप प्रदान गरिएको हो ।
सिकाइ प्रवद्र्धन परियोजना गाउँपालिकाको आयोजनामा १० दिनसम्म पञ्चेबाजा बजाउने तालिम आयोजना गरी बजाउने सीप सिकाइएको छ । यहाँका २५ महिलालाई सहनाइ, ढोलक, दमाहा, झ्याली, टेम्को, नरसिम्हालगायत बाजा बजाउन सिकाइएको गाउँपालिकामा सिकाइ प्रवद्र्धन परियोजनाका तालिम अधिकृत कृष्ण कँुवरले जानकारी दिए ।
महिलालाई आयआर्जनतर्फ अग्रसर बनाउन कृषि, सिलाइकटाइ, ब्युटिपार्लर, पञ्चेबाजा लगायतका विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको कुँवरले बताए । कलासंस्कृति संरक्षण मात्र नभई यस्ता खालका तालिमले महिलालाई आयआर्जनतर्फ अगाडि बढ्न सजिलो हुने कोटथर महिला समूहकी अध्यक्ष दिलमाया पाँडे मगर बताउछन् ।
बाजा बजाउने सीप प्रदान रोशन परियार र गनबहादुर सारुले गरेका हुन् । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले परम्परागत लोकसंस्कृति जगेर्ना गर्दै महिलालाई लक्षित गरेर सञ्चालन गरिएको यस तालिमपश्चात् आयआर्जनमा टेवा पुग्ने बताए ।
स्थानीय तहले हिजोआज महिलालाई लक्षित गरेर वाद्यवादनसम्बन्धी तालिम तथा सीप सिकाउने कार्यक्रम सञ्चालन गर्न थालेका छन् । गाउँघरमा वाद्यवादनको क्षेत्रमा पुरुष नै अग्रसर हुने गरेकामा वाद्यवादनसम्बन्धी तालिम र सीप सिकेर महिला पनि अहिले वाद्यवादनको क्षेत्रमा सक्रिय हुने गरेका छन् ।
स्थानीय तहले वाद्यवादनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी सिकाउन थालेपछि यस क्षेत्रमा महिला अग्रसर बनेका छन् । घरको कामधन्दा सकाएर वाद्यवादन सीप सिक्ने कार्यमा महिलाको आकर्षण बढ्दो छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार