शिवु खनाल,देउखुरी। लमहीको जैविक विविधता ग्रीनपार्कमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ । गुरुकुल एकेडेमी लमहीको सहयोगमा लमही नगरपालिका वडा नम्ब ५ लमही स्थित जैविक विविधता ग्रीनपार्कमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गरेको हो । लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले मंगलवार एक कार्यक्रमका बीच शुद्ध पिउने पानीको शुभारम्भ गरेका हुन । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित देउखुरी क्षेत्रमा रहेको प्रसिद्ध पर्यटकीय जैविक विविधता ग्रीनपार्कमा क्षेत्र दैनिक सयौं आन्तरिक तथा बाहर्य पर्यटकहरुको आवतजावत हुने भएकाले उनीहरुको सुविधाका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको गुरुकुल एकेडेमी लमहीका प्राचार्य सुरज खनालले बताए । उनले विद्यालयका विद्यार्थीहरुले भैलो खेलेर संकलन गरेको रकमबाट जैविक विविधता ग्रीनपार्कमा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले निःशुल्क धारा जडान जडान गरिएको बताए ।
कार्यक्रममा निशुल्क खानेपानीको उद्घाटन गर्दै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले पार्कक्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई विशेष ध्यानमा राखेर पर्यटकीय स्थल निर्माण गर्न आवश्यक रहेका बताए । उनले पर्यटकका लागि जैविक विविधता ग्रीनपार्क आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न विभिन्न कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताए । उनले भने, ‘प्रकृतिसँग रमाउन पर्यटकका लागि ग्रीनपार्क आकर्षण गन्तव्य रहेकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने छ । आन्तरिक र बाह्य पर्यटक भित्राउनका लागि प्रचारप्रसार गर्नु आवश्यक छ । स्थानीयस्तरमा निजी क्षेत्रबाट पहल भए पनि बाह्य पर्यटक भित्राउन तिनै तहका सरकारले पहल गर्नुपर्छ ।’ यस्तै कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले गर्मी बढदै जादा पार्क क्षेत्रमा आउने आन्तरिक तथा बाहर्य पर्यटक, यात्रु र सर्वसाधारणका लागि शुद्ध खानेपानीको व्यवस्थापन गरेको प्रति गुरुकुल एकेडेमी स्कुल लमहीलाई धन्यवाद ज्ञापन गरे ।
उनले आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि अत्याधुनिक सेवा र सुविधासहित विस्तार गर्न लागेको बताउदै सेवा विस्तारसँगै देउखुरी पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीले निःशुल्क पिउने पानीको व्यवस्थाले सर्वसाधारण लगायत पर्क क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने बताए । उनले गुरुकुलले उपलब्ध गराएको खानेपानी मेसिनको सबैले रेखदेख, संरक्षण, सरसफाई र व्यवस्थापन गर्न आवश्यक रहेको बताए । पार्कमा शुद्ध खानेपानीको व्यवस्थापन गरेपछि पर्यटकहरु खुसि भएका छन् । हामिले विस रुपैयमा पानी किनेर खानुपर्ने बाध्यता थियो तर ग्रीनपार्कमा निःशुल्क खानेपानीको व्यवस्था गरिदिएपछि पैसा पनि बचत भएको राजपुरका स्थानिय श्रवन कुमार यादवले बताए । कार्यक्रममा देउसी भैलो कार्यक्रमको क्रममा आर्थिक रुपले सहयोग गर्नुहुने डम्बर बहादुर जिसीलाई सम्मान गरिएको हो । लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष एव्म कार्यक्रमका प्रमुख अतिथि ओमप्रसाद सुबेदीले दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेका हुन । कार्यक्रमको सहजिकरण गुरुकुल एकेमेडी लमहीका शिक्षक शतिष पौडेलले गरेका थिए।