स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा थापा

काठमाडौँ, स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा भएका थिए । नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्न स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरी सबै नागरिकलाई समेट्ने योजना रहेको बताए ।

उनले बिमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने तथा बिमा कोषको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बिमा बोर्डको स्थायी सङ्गठन संरचना स्वीकृतिका लागि पहल गर्ने, स्वास्थ्य बिमाको महत्त्वबारे जनचेतना अभियान चलाउने तथा सरकार, निजी क्षेत्र र अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार