भूकम्पले क्षति पुर्‍याएको वडा कार्यालय भवन पुनर्निर्माण

उज्यालो प्रतिनिधि ३ चैत्र २०८१, सोमबार समाचार

गोरखा, भीमसेन थापा गाउँपालिका–६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको वडा कार्यालय भवन पुनर्निर्माण भएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।

गाउँपालिकाद्वारा विनियोजित रु ८८ लाख ६२ हजारकोे लागतमा भवन पुनर्निर्माण गरिएको उनले बताए । “नवनिर्मित भवनमा छवटा कोठा र दुईवटा शौचालय रहेको छ”, उनले भने, “अबदेखि नागरिकलाई सेवा प्रवाहमा थप सहज हुने भएको छ ।”

आफ्नै भवन नहुँदा यसअघि स्थानीय महिला समूहको भवनबाट वडाले सेवा दिँदै आएको थियो । वडाको भवन निर्माणका लागि विसं २०७९ जेठमा गाउँपालिकाले शिव इन्जिनियरिङ प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।

“दोस्रोपटक म्याद थप गरेर विसं २०८१ असोजभित्र काम गर्नुपर्ने थियो, बल्ल भवन निर्माण भयो, नवनिर्मित भवनबाट सेवाप्रवाह पनि सुरु गरिएको छ”, उनले भने । महिला समूहको भवनमा बर्खाका बेला पानी चुहिने समस्याले कागजपत्र जोगाउन वडालाई समस्या हुँदै आएको थियो ।

“साँघुरो भवनको एउटै कोठाबाट कृषि, पशु, तथा प्राविधिक एवं पञ्जीकरणलगायत सेवा दिन निकै कठिन हुँदै आएको थियो”, वडाध्यक्ष रिमालले भने, “अबदेखि ती सबै समस्याबाट मुक्त भएका छौँ ।” भवन निर्माण भए पनि वडालाई सभाहलको अझै अभाव छ ।

उनले भने, “सभाहल निर्माणका लागि पनि आवश्यक पहल गरिसकेका छौँ, जिल्ला समन्वय समितिमार्फत सिफारिस भइसकेको छभने भवनको माथिल्लो तलामा दुई कोठासहित एक सभाहल बनाउने लगभग निश्चित भइसकेको छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार